काठमाडौं । रौतहट जिल्लाका तीन वर्षीय बालकलाई ब्लड क्यान्सर भएको छ । पीडित बालकको सिभिल हस्पिटलमा उपचार भइरहेको छ । चन्द्रपुर ६ ठोकर टोलका सुरेन्द्र कोइराला र जानुका चौहानका ३ वर्षीय छोरा अदिप कोइरालालाई विभिन्न किसिमको उपचारपछि ब्लड क्यान्सर भएको पुष्टि भएको हो ।
ब्लड क्यान्सर पुष्टि भएपछि हाल उनको बानेश्वर स्थित सिभिल हस्पिटलमा उपचार भइरहेको छ । कोइराला दम्पतीले आर्थिक अभावका कारण विभिन्न संघ संस्था तथा ब्यक्तिहरुलाई सहयोगका लागि अपील गरेका छन् ।
ब्लड क्यान्सर पीडित अदिपको उपचारमा १५/१६ लाख खर्च भइसकेकोले आर्थिक अभाव भएको आमा जानुले गुनासो पोखिन् । उनले छोरोको उपचारका लागि सहयोग गरिदिन सबैलाई अपील समेत गरेकी छन् । त्यस्तै, सहयोगका लागि पीडित बच्चाको आमा जानुकालाई सीधा ९८४५३३७७३६ मा सम्पर्क समेत गर्न सकिनेछ ।






