राजविराज । सप्तरीको छिन्नामस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट भएको छ । अध्यक्ष सूर्यनारायण मण्डल ‘कुरुड’ र उपाध्यक्ष उषाकुमारी मण्डलबीच कुटाकुट भएको हो ।
मंगलबार भएको कुटाकुटमा गाउँपालिकाका अध्यक्ष सूर्यनारायणको दाँत भाँच्चिएको बताइएको छ । गाउँ कार्यपालिकाको बैठकमा किसानलाई गहुँको बिउ वितरण गर्ने विषयमा विवाद भएको थियो ।
त्यस्तै झडपका क्रममा उपाध्यक्ष उषाकुमारीको हातमा चोट लागेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच झगडा भएको भन्ने सूचना आएपनि अहिले सबै शान्त भएको जनाएको छ ।




