सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवनमा मंगलबार दिउँसो यात्रुबस पल्टिएको छ । बस पल्टिँदा १७ जना यात्रु घाईते भएका छन् । मंगलबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आईरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नी यातायात नामक यात्रुबस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो ।
बस पूर्व–पश्चिम राजमार्गबाट एक बल्ड्याङ खाएर तल खसेको छ । बसमा यात्रारत १७ जना घाईते भएको र जसमध्ये एकजना गम्भिर रहेको भन्ने प्रारम्भिक विवरण प्राप्त नभएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
घाइतेहरुको हरिवन स्थित नमूना अस्पताल लगायत विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भईरहेको र घाइतेहरुको संख्या अवस्था बारे एकिन विवरण संकलनको काम भइरहेको हरिवन प्रहरीले जनाएको छ ।




