सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका २ मा रहेको पद्धम भुवनेश्वरी बृद्धसेवा श्रममा रहेका बृद्धबृद्धाहरुलाई मिष्ठान्न भोजन गराइएको छ । जेसीज लालबन्दीले नेपालीहरुको महान पर्व फागु पुर्णिमा अर्थात होलीको अवसर पारेर बृद्धसेवा श्रममा रहेका बुद्धबुद्धा आमा बुबाहरुलाई मिष्ठान्न भोजन गराएको हो ।

रंग, सद्भाव र भाइचाराको पर्व होली पछिल्लो समयमा असभ्य हुँदै गएको अवस्थामा सुसंस्कृत र संस्कारयुक्त बनाउँन प्रेरणा दिने उद्धेश्यले जेसीजले बृद्धसेवा श्रमका बुद्धबुद्धा आमाबुबाहरुसंग होली मनाउँदै मिष्ठान्न भोजना गराएको जेसीज लालबन्दीका अध्यक्ष श्याम कुमार खड्काले बताउनु भयो ।

नेपाली परम्परा, संसकृत र मुल्य मान्यता पश्चीमा संस्कृतिका कारण लोप हुँदै गएको भन्दै आफु भन्दा पछिल्लो पुस्ताले सुसंस्कृत र सभ्य संस्कार सिकुन भन्नका लागि यस वर्षको होली बृद्धसेवा श्रममा बुद्धबुद्धा तथा अग्रज आमा बुबाहरुसंग मनाइएको जेसीज लालबन्दीका महासचिव राज कुमार सिंहले बताउनु भयो ।
लालबन्दी नगरपालिका २ मा जुटपानीमा रहेको पद्धम भुवनेश्वरी बृद्धसेवा श्रमकी व्यावस्थापक भवानी कोइरालाले सहयोगी मनहरुले बेला वखत सहयोग गर्ने गरेको भन्दै धन्यवाद समेत दिनु भएको छ ।






