काठमाडौं । शिक्षा मन्त्रालयले आजदेखि शुक्रबारसम्म देशभरका शिक्षण संस्था बन्द गराएको छ । वायु प्रदूषणका कारण चार दिन शिक्षण संस्था बन्द गराएको थियो तर केही स्थानीय तहले भने विद्यालय बन्द गरेनन् ।
विराटनगरमा काठमाडौंमा जस्तो वायु प्रदूषणको असर नदेखिएको विराटनगर महानगरपालिकाले जनाएको छ । महानगरभित्र प्रदूषणको असर छैन भन्ने पत्ता लगाएर यस्तो निर्णय गरिएको शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडाले बताए ।
अन्य केही स्थानीय तहले समेत आफ्नो क्षेत्रका विद्यालय सञ्चालनमै राखेका छन् ।






