काठमाडौं । श्रीमतीलाई मट्टीतेल छर्केर आगो लगाइ फरार रहेका एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङ अन्तर्गत इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले युवकलाई पक्राउ गरेको प्रवक्ता एवम् डिएसपी दिपक श्रेष्ठले बताए ।
उनका अनुसार मोरङको रंगेली नगरपालिका वडा नम्बर १ बिर्ता बजार बस्ने तिलका मल्लिकलाई नियन्त्रणमा लिइएको हो । शुक्रबार राति घरायसी विवाद हुँदा मल्लिकले ३१ वर्षीया श्रीमती बबिता मल्लिलाई मट्टीतेल छर्केर आगो लगाइ फरार भएका थिए ।
घाइते बबिताको उपचारको क्रममा कोसी अस्पतालमा शनिबार बिहान मृत्यु भएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






