धनुषा । धनुषामा काकाको रड प्रहारबाट भतिजोको मृत्यु भएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा स्थानीय रवि पासवानको रड प्रहारबाट चार वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
बुधबार दिउँसो रविले फलामको रडले हिर्काउँदा उनकै भतिजो चार वर्षीय अनुप पासवानको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए ।
स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालकको पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ ।
हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले रविलाई पक्राउ गरेर घटना बारे अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जनाएको छ ।






