सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ११ स्थित रहेको ईन्दु शंकर चिनी उद्योग पुस पहिलो साताबाट सञ्चालनमा आउने भएको छ । उद्योगले आज बुधबार एक कार्यक्रमका विच डोङ्गा पुजा गरि पुस पहिलो साताबाट यस सिजनको लागि उद्योग सञ्चालनमा आउने उद्योगीका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिनुभयो ।
उहाँका अनुसार हरेक वर्ष पुस पहिलो साताबाट सञ्चालन गरि रहेको उद्योगले यस वर्षको पनि सोहि समयबाट सञ्चालन हुन लागेको हो । किसानहरुको भुक्तानी निरन्तर गरि जिल्लाका उखु उत्पादक किसानहरुको मन जित्न सफल उद्योगले यस वर्ष करिब ४० लाख क्वुन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका प्रशासन शाखा प्रमुख ठाकुर नेपालले बताउनु भयो ।
यस वर्ष जिल्लामा उखु उत्पादन घटेको भएपनि ४० लाख क्वुन्टल उखु क्रसिङ् गर्ने र यस वर्षका लागि उखुको मूल्य उद्योगले रु ५ सय २० र सरकारले रु ७० किसानहरुलाई दिने उद्योगले बताएको छ । तर जिल्लाका किसानहरुले आफुहरुले उखुको मूल्य रु ७ सय ५ पाउनु पर्ने माग राखेका उखु उत्पादक किसान राज कुमार उप्रेतीले बताउनु भयो ।
चिनीको मुल्य हरेक वर्ष बढ्ने तर उखु उत्पादक किसानहरुले सधैं घाटा खाएर उखु बेच्नु परेका कारण उखुको मूल्य बढाउन आफुहरुले माग राखेको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताउनु भयो ।
जिल्लामा तीन वटा चिनी मिल रहेका भए पनि अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग किसानहरुको गतवर्ष कै भुक्तानी गर्न बाकी रअेका कारण सञ्चालनमा आउन सकेका छैनन् भने ईन्दु शंकर चिनी उद्योगहरु हरेक वर्ष निरन्तर सञ्चालनमा रहेको छ । जिल्लामा उत्पादन भएको उखुको २६ लाख १० हजार क्वुन्टल उखु गत वर्ष उद्योगले क्रसिङ गरेको थियो ।
उखु मध्य करिब ४० लाख क्वुन्टल क्वुन्टल उखु ईन्दु शंकर चिनी उद्योगले क्रसिङ गर्ने योजना बनाएको छ । पुस पहिलो साताबाट सञ्चालन हुने उद्योग उखु पाउँदा बैशाख सम्म अनाथा चैतम्म उद्योग सञ्चालन हुने उद्योगले जनाएको छ । पुस १ गते किसानहरुलाई पुर्जी वितरण गर्ने र ५ गतेबाट संकलन गरि पुस पहिलो साताबाट उखु क्रसिङ सुरु गर्ने उद्योगले जनाएको छ ।
के छ उखु उत्पादक किसानहरुको माग
जिल्लाका उखु किसानहरुले यो वर्ष उखुको मूल्य प्रति क्विन्टल रु ७ सय ५ कायम गर्न माग गरेका छन् । मिलगेट उखु उत्पादक समिति सर्लाहीमा आवद्ध उखु उत्पादक किसानहरुले हरिवन नगरपालिका ११ स्थित रहेको इन्दु शंकर चिनी उद्योग हरिवनलाई ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन् ।
निवर्तमान प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेतीको नेतृत्वमा मिलगेट उखु उत्पादक समितिले उद्योगलाई ज्ञापन पत्र बुझाउँदै क्रसिङ सिजन २०७९/०८० मा उखुको मूल्य प्रति क्विन्टल रु ७ सय ५ कायम गर्न माग गरेका इन्दु शंकर चिनी उद्योग हरिवनका उखु प्रवन्धक योग नारायण रजकले जानकारी दिनुभयो ।
उहाँका अनुसार केही वर्षदेखि चिनीको मूल्य लगातार वृद्धि भइरहेकाले चिनीको मूल्य वृद्धि अनुसार उखुको मूल्य पनि वृद्धि गर्न किसानहरुले माग गरेका हुन् ।
कृषि तथा पशुपंछी विकास मन्त्रालय, उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई बोधार्थमा राखेर इन्दु शंकर चिनी उद्योग हरिवनका प्रशासकीय अधिकृत ठाकुर नेपाललाई बुझाइएको ज्ञापन पत्रमा उखु किसानहरु घाटासहन नसकी उखु खेतीबाटै पलायन हुन थालेकाले यसतर्फ गम्भीर बन्न उद्योगलाई किसानहरुले ध्यानाकर्षण समेत गराइएका छन् ।
ज्ञापन पत्र बुझाउन निवर्तमान प्रदेश सभा सदस्य उप्रेती, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी, मिलगेट उखु उत्पादक समितिका कार्यवाहक अध्यक्ष राज कुमार उप्रेती लगायत उद्योगमा पुग्नु भएको थियो ।
इन्दु शंकर चिनी उद्योग यस सिजनको पुस पहिलो साताबाट सञ्चालनमा आउन लागेको छ । जिल्लामा रहेका तीनवटा चिनी मिलहरु मध्य किसानहरुको भुक्तानी समयमै गरेर उखु उत्पादक किसानहरुको मन जित्न सफल इन्दु शंकर अरु वर्षको तुलनामा अलि चाँडै सञ्चालनमा आउन लागेको उद्योगले जनाएको छ ।




