काठमाडौं । मोरङमा नयाँ वर्ष मनाउने क्रममा बङ्गुरको मासु खाँदा अड्किएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका ९ का ४८ वर्षीय बेथुलाल माझी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पोलेर खाने क्रममा साँझ करिब ५ बजेतिर मासु अड्किएको माझीको उपचारको क्रममा राति करिब ८ बजे मृत्यु भएको हो । हाल शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित अस्पतालमा राखिएको छ ।






