सर्लाही । सर्लाहीको लालबन्दीबाट प्रहरीले ६ जनालाई नियन्त्रण्मा लिएको छ । रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएका दुई वटा मोटरसाईकल लालबन्दीका मोटरसाईकल ग्यारेजमा फेला परेपछि ग्यारेजका ६ जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार रौतहटको चन्द्रनिगाहपुरबाट चोरी भएका प्रदेश २-०२-००६ प ९४२५ र ना ४६ प ६२४७ नम्बरका दुई वटा मोटरसाइकल खोज तलास गर्ने क्रममा लालबन्दी नगरपालिका ७ मा रहेको मोटरसाईकल ग्यारेजमा फेला परेपछि ६ जनालाई अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लालबन्दीको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले लालबन्दी नगरपालिका ७ मा रहेको रामवरण महतोको मोटरसाईकल ग्यारोजमा चोरीका दुई वटा मोटरसाईकल फेला पारेपछि मोटरसाईकल चोरीमा संग्लग्न रहेको आशंकामा इश्वरपुर नगरपालिका १३ का अशोक महतो, लालबन्दी नगरपालिका ७ का नजरेल नदाव, लालबन्दी नगरपालिका ११ रामवर्ण महतो, ईश्वरपुर नगरपालिका ६ का सगिर खान, लालबन्दी नगरपालिका ८ का जस्मिन खान, सप्तरीको रुपनी गाउँपालिका १ का सिदार्थ महतोलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक कैलाश राईले जानकारी दिए ।
उनीहरुलाई अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखिएको र थप अनुसन्धान तथा कार्बाहीको लागि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहट पठाइने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राईले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी प्रमुखको रुपमा प्रहरी उपरिक्षक सुवेदी आएदेखि नै जिल्लामा गैर कानुनी काम गर्नेहरुको निद हराम भएको छ । उनी मानविय सम्वेदना बाहेकका सबै प्रकारका गैर कानुनी कार्यमा निर्मम भएर लागेका छन् ।






