सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ स्थित होटलमा आगलागी हुँदा १५ लाख रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीका अनुसार ग्याँस लिक हुँदा आगलागी भएको थियो ।
जोगी साहले सञ्चालन गरेको होटलमा मंगलबार बिहान तीन बजे आगलागी भएको थियो । आगो फैलिँदा होटलमा रहेका ग्याँस सिलिन्डर पड्किएका थिए । आगलागीबाट होटल रहेको घर र घरभित्र सबै सामग्री जलेर नष्ट भएका छन् ।
घर नजिकै रहका अन्य तीन टहरा पनि जलेर नष्ट भएका छन् । आगलागीबाट करिब १५ लाख रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी टेकुनन्द लिम्बुले जानकारी दिएका छन् ।
विहान ३ बजे लागेको आगोलाई इलाका प्रहरी, शस्त्र प्रहरी र सर्वसाधारण मिलेर ५ बजे नियन्त्रणमा लिएको पनि उनले बताए । आगलागीबाट करिब १५ लाख बराबरको क्षति भएको अनुमान छ भने मानवीय क्षति भने भएको छैन ।






