सर्लाही । सर्लाहीमा एक जना भारतीय युवकको हत्या भएको छ । सर्लाहीको हरिपुर्वा नगरपालिका १ पथरा पुलनजिक झाडीमा भारत सितामढी ग्रामपञ्चायत सोनबरसा ९ का सिकु भनिने २८ वर्षीय शेखर सुमनको शव फेला परेको हो ।
बुधबार साँझ करिब ६ बजे झाडीमा टाउको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । युवकको टाउको र शरीर २०/२५ मिटरको दूरीमा फेला परेको सर्लाहीका प्रहरी नायब उपरीक्षक कैलास राईले जानकारी दिनुभयो ।
मृतकको शव घटनास्थलको प्रकृति मुचुल्का गरी सदरमुकाम मलङ्गवास्थित प्रादेशिक अस्पतालमा लगिएको सर्लाही प्रहरीले जनाएको छ ।






