सप्तरी । सप्तरीको रुपनी गाउँपालिका १ स्थित खेतमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ । मृत फेला परेका युवक शम्भुनाथ नगरपालिका २ का २४ वर्षीय मो. तफेजुल रहेको बताइएको छ ।
रातिमा कुटपिट गरी उनको हत्या गरिएको देखिएको छ । गाउँलेले युवक तफेजुलको शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल राजविराज लग्ने तयारी गरेको छ ।
प्रहरीका अनुसार हत्या कसले गरेको भन्ने बारे केहि खुल्न सकेको छैन ।






