रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । गौर नगरपालिका ७ सिसवा गाउँका ३५ वर्षीय शेख कबिरले छुरा प्रहार गरी छिमेकी ५० वर्षीय यार महदम खानको गए राति हत्या गरेका हुन् ।
गएराति १० बजे दुवै जना बीच केही विवाद हुँदा कविरले खानको पेटमा छुरा प्रहार गरेका थिए । पेट र मुटुमा गम्भीर चोट लागेका खानलाई तत्कालै उपचारको लागि प्रादेशिक अस्पताल गौरमा लैजाँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको ४० मिनेटपछि खबर गर्नासाथ प्रहरी टोली घटनास्थलमा पुग्न अघि नै आरोपी कबीर फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हत्याका अभियुक्त मानसिक रोगी रहेको र उसको खोजी तथा घटना बारे अनुसन्धान भइरहेको जनाइएको छ । मृतक खानको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।






