सप्तरी । सप्तरीमा एक जना युवकको हत्या भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ मधवापुरस्थित खेतमा आज बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको हो ।
अन्दाजी २५ वर्षीय युवकको शव देखेपछि आज बिहान स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिलेसम्म मृतकको परिचय भने खुलेको छैन । घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।






