धनुषा । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमान् श्रीमतीको हत्या प्रयास भएको छ । मिथिला विहारी नगरपालिका ६ बिर्सियाका ३५ वर्षीय दिनकर यादव र उनको श्रीमती ममता यादवको हत्या प्रयास भएको हो ।
दिनकरको घाँटी र उनकी श्रीमती ममताको दायाँ हातमा धारिलो हतियार प्रहार गरिएको छ । रगत अत्यधिक बगेकाले दिनकरको अवस्था चिन्ताजनक छ । उनको शरीर रगतले भिजेको देखिन्छ ।
दुवै जनालाई उपचारका लागि अहिले जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । घरमै भएको बेला उनीहरूमाथि आक्रमण भएको र आक्रमण कसले गरेको विषयमा थाहा नभएको बताइएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले घटना विषयमा जानकारी लिने प्रयासमा लागेको बताए । उनले भने- ‘सिर्सियामा भएको घटना बारे अहिले मलाई केही थाहा छैन । म बुझ्छु ।’






