विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख महेश दाहाललाई विद्यार्थीहरूले मोसो दलेका छन् । सोमबार दाहालमाथि क्वार्टरमै गएर विद्यार्थीहरूले मोसो दलेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालय भित्र अनेकौं समस्याका लागि लामो समय मागसहितका शान्तिपूर्ण आन्दोलन गर्दा पनि र भिसि कार्यालयसँग वार्ता भईरहेपनि सेवा आयोगमा राखेको मागको सम्बोधन नहुँदा यो कदम चालिएको विद्यार्थी नेताहरू बताउँछन् ।
पाँच महिनासम्म पनि सेवा आयोगको अध्यक्षले वार्ता संवादको बाटो नखोजेको र माग सम्बोधन नगरिएको नेवि संघ मोरङका सभापति सरोज पोखरेलको आरोप छ ।




