ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पटले प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । मादक पदार्थ सेवन गरेका राईले श्रीमतीको हत्या गरेका हुन् ।
मंगलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी काँडेभञ्ज्याङबाट प्रहरी टोली पुगेको छ । लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।




