काठमाडौं । नागरिकता कसुरमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्र यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
उपमेयर दम्पित्ती भारत बिहारको सुपौल जिल्लाका निवासी रहेको भन्ने उजुरीका आधारमा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि आइतबार जनकपुर उच्च अदालतले दुबै जनाविरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न परमादेश दिएको थियो ।






