जनकपुर । महोत्तरीको सम्सी गाउँपालिकाका एक कर्मचारी घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले सम्सी गाउँपालिकाका लेखापाल रोशन चौरसियालाई घुससहित पक्राउ गरेको हो ।
लेखापाल चौरसियाले कुनै सेवाग्राहीसँग काम गरेबापत १ लाख २५ हजार रुपैयाँ घुस लिएको बताइएको छ । उनलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो । अख्तियारको टोली गाउँपालिकाको कार्यालयमा पुगेर उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ ।






