रौतहट । रौतहटमा धारिलो हतियार प्रयोग गरी एक पुरुषको हत्या गरिएको छ । पुरुषको हत्या भएको अवस्थामा शव फेला परेको हो । ३५ वर्षीय जगरनाथ साह को हत्या भएको अवस्थामा शव फेला परेको हो ।
जिल्लाको देवाहीगोनाही नगरपालिका–६ कर्कच कर्मैया टोल बस्ने ३५ वर्षीय जगरनाथ साह कानुको शव धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । कानुको शव शुक्रबार बिहान आफ्नै घरमा साढे तीन बजे भेटिएको हो ।
साहको घाँटीमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ । घटनाको सम्बन्धमा सोधपुछको लागि कानुकी श्रीमतीलाई नियन्त्रणमा लिइएको छ । कानुको हत्या भएको हो कि होइन भन्ने बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।




