विराटनगर । सुनसरीमा एक युवाको गोली हानी हत्या भएको छ । शुक्रबार सुनसरीको धरान–इटहरी सडक खण्डको जंगलमा विराटनगरका २८ वर्षीय रोहित चौधरीको गोली हानी हत्या भएको हो ।
चारकोशे जंगलमा पैदलै आएका युवाको समूहले उनीमाथि गोली हानेको बताइएको छ । चौधरीसँगै आएकी महिला सकुसल रहेकी छन् । चौधरीमाथि तीन जनाको समूहमा आएका व्यक्तिले गोली हानेको बताइएको छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।






