बारा । बारामा सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीय आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
सिम्रौनगढ नगरपालिका–६ बजारमा ससुरा जाहिर मियाँको घरमा तीन बच्चा, श्रीमतीसहित बस्दै आएको भएपनि पटक–पटक ससुरालीमा रहेको सम्पत्ति बिक्री गरी भारतमा जान दबाब दिँदै आएको तर श्रीमती भारत जान नमानेपछि झै–झगडा हुने गरेको प्रहरीले जनाएको छ ।




