विराटनगर । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले क्वार्टरमै एक महिलासँग अनैतिक गतिविधि गर्दै गरेको भिडियो सार्वजनिक भएको छ ।
मदिराको नशामा लठ्ठ रहेका दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएको हो ।
भिडियोमा निरौला र महिला दुवै मदिराको नशामा लठ्ठ रहेको देखिन्छ । भिडियोमा देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर भएको बताइन्छ ।
यसअघि झापामै सहायक प्रमुख जिल्ला अधिकारी र ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारीको समेत जिम्मेवारी सम्हालिसकेका निरौलाको क्वार्टरमै अश्लील हर्कत गरेको भिडियो बाहिरिएपछि उनी विवादित बनेका छन् ।
दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरेका छन् । छानबिन गरी प्रमाणित भए कारबाही गरिने उनले बताए ।






