कैलाली । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा २ जना प्रहरी गम्भीर घाइते भएका छन् ।
पुर्व पश्चिम राजमार्ग अन्तरगत आइतबार साँझ सुपप्र ०१ ००२ त ६४१९ नम्बरको टेक्टर र विपरित दिसातर्फ जाँदै गरेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा महेन्द्रनगर र दिपायमा कार्यरत प्रहरी जवान घाइते भएका हुन् ।
घाइते हुनेमा मोटरसाइकल चालक नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायत र मोटरसाइकलको पछाडी सवार प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हेमराज ताउडा गम्भिर घाइते भएका हुन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार गम्भीर घाइते दुवै जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको छ ।






