धनुषा । धनुषा जिल्लामा भतिजीसँग मिलेर सासुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गणेशमान चारनाथ नगरपालिका ५ टडिया बस्ने ७५ वर्षीया बकुलती देवी यादवको हत्या भएको हो ।
प्रहरीले हत्या अभियोगमा सोमबार दिउँसो उनकै माईली बुहारी ३५ वर्षीया ईन्दिला यादव र जेठो छोरो पट्टीकी नातिनी २२ वर्षीया सुसिला यादवलाई पक्राउ गरेको छ ।
घरायसी विवादका कारण ईन्दिला र सुसिलाले बाँसको भाटाले कुटपिट गर्दा बकुलतीको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।




