सिरहा । सिरहामा एक युवकको शव फेला परेको छ । सिरहाको गोलबजार नगरपालिका ३ गागण खोलाको पश्चिम तर्फ किनारमा रहेको बाँस घारीमा अन्दाजी ३०–३५ वर्षको युवकको शव फेला परेको हो । उनको सनाखत भएको छैन ।
युवकको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनास्थलको प्रकृति हेर्दा शंकास्पद देखिएको सिरहा प्रहरीले जनाएको छ । आज बिहान ७ बजे स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।






