सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगपालिका–४, स्थित लखन्देखी खोलाको पुलमुनि अज्ञात युवकको टाउको फेला परेको छ । बिहिबार बिहान स्थानीयले खोलाको बगरमा घाँटीबाट छिनाएको टाउको मात्रै देखेपछि प्रहरीमा खबर गरेका थिए ।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ । घटनास्थलमा अहिले प्रहरी अनुसन्धानमा जुटिरहेको छ । युवकको सोही ठाउँमा हत्या भएको वा उत्तरी भेगमा हत्या भएर त्यहाँसम्म बाढीले बगाएर ल्याएको हो भन्ने खुल्न सकेको छैन ।






