बारा । बारा प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार एक जना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा, करैयामाई गापा–५ बस्ने वर्ष २६ का पन्नालाल पासवान रहेका छन् ।
गत पुस १६ गते राति ८ बजे १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा फरार रहेका पासवानलाई बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पश्चात बारा जिल्ला अदालतबाट अनुसन्धानको लागि पाँच दिनको म्याद थप गराएको बारा प्रहरीका प्रवक्ता प्रनाउ दधीराम न्यौपानेले जानकारी दिए ।






