सिराहा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन लाहान, सिराहाका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
बिहिबार अख्तियारले लेखा अधिकृत पदम विनोद भन्ने पद्मविनोद पोखरेलविरुद्ध एक लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सडकको निर्माण कार्य सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा असार २६ गते पोखरेललाई नियन्त्रणमा लिइएको थियो ।
अख्तियारका प्रवक्ता भोला दाहालले पोखरेललाई भ्रष्टाचार निवारण ऐन बमोजिम एक लाख रुपैयाँ बिगो कायम गरी आज भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए ।






