बाजुरा । खप्तड छेडेदह गाउँपालिका ४ खातीगाउँमा बुवाको मृत्युपछि आमाले दोस्रो विवाह गरेपछि उनीहरुका दुई छोराछोरीको बिचल्ली भएको छ । बुबा जीतबहादुर धामीको कामको शिलशिलामा भारतको बिथौगाढमा बिजुलीको तार सट भएर करेन्ट लागेर मृत्यु भएको थियो ।
बुबाको मृत्यु भएपछि आमा रामकला धामीले दुई छोराछोरीलाई बिचल्लीमा छाडेर दोस्रो बिहे गरेकी छन् । १२ वर्षका छोरा लक्ष्मण धामी र ८ वर्षकी छोरी विपना धामी बिचल्लीमा परेका हुन् ।
अहिले दुबै दाजुबहिनी आफन्त, गाउँलेको घरमा सहारा लिएर बसिरहेका छन् । उनीहरुलाई दैनिक खान लगाउन समेत समस्या भएको छ । दुवै दाजुबहिनी लक्ष्मण र विपना गाउँ नजिकै रहेको खापरदेवस्थी माविमा अध्यानरत छन् ।
लक्ष्मण र विपनाले आमाले दोस्रो बिहे गरेर गएपछि स्कुल जान पनि छोडेका छन् । बुवाको मृत्युपछि पनि दाजुबहिनी स्कुल पढ्दै थिए तर अब आमाले दोस्रो विवाह गरेपछि शिक्षा, दिक्षा तथा पालनपोषणमा समस्या भएको छ ।






