रौतहट । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाले विकासका धेरै राम्रा कामहरु गरेतापनि फोहोर मैला व्यवस्थापनमा भने नराम्रोसँग चुकेको देखिएको छ । नगर सफा गर्ने कुरा त परैको कुरा भयो, आफूले सेवा दिने कार्यालय नै सफा गर्न असफल भएको देखिएको छ ।

संघीयताले स्थानीय तहलाई दिएको अधिकारमध्ये फोहोर मैला व्यवस्थापन पनि एक हो । तर, आफूले पाएको अधिकार चन्द्रपुर नगरपालिकाले प्रभावकारी रुपमा गरेको देखिँदैन । जसको परीणाम स्थानीयहरु नाक थुनेर हिँड्न बाध्य छन् । सडक छेउमा फोहोरको थुप्रो देखिनु सामान्य जस्तै बनेको छ ।

नगरपालिकाले हरेक वर्ष आफ्नो निति तथा कार्यक्रममा फोहोर मैला व्यवस्थापनलाई प्राथमिकता दिनुको साथै उक्त शीर्षकमा लाखौँको बजेट विनियोजन पनि गर्छ । तर, हरेक वर्ष लाखौँको बजेटको बिनियोजन भए अनुसार नगरमा सरसफाईको क्षेत्रमा उदाहरणीय काम भएको देखिँदैन ।

यस्तै, हाम्रो चन्द्रपुर राम्रो चन्द्रपुर मुलनाराको साथ फोहोर मलाई आफ्नो नगरको भवन वरिपरी सफा राख्न नसक्ने सित चन्द्रपुर नगरको जन्ताले के अपेक्षा गर्ने ? भन्दै स्थानिय प्रश्न गर्छन् ।

झण्डा च्यातिएर झुत्रो हुँदासम्म फेरिएन
चन्द्रपुर नगरपालिकामा च्यातिएको झण्डाको प्रयोग गरिएको छ । नगरपालिकामा लगाईएको झण्डा च्यातिएर झुत्रो हुँदासम्म फेरिएको छैन् । एकातिर बजेट छुट्याउने, अर्कोतिर काम नगरि लथालिंग अवस्थामा छाड्ने प्रवृत्तिले समग्रमै अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्दछ ।

नगरपालिकाले नगरसँगै आफ्नै कार्यालयलाई पनि सुस्त, दुरुस्त एवम् सफा राख्नु आवश्यक छ । यस विषयमा सम्बन्धित निकायको ध्यान जाओस् । यस विषयलाई लिएर सम्पर्क गर्न खोज्दा फोन मार्फत जोडिन सकिएन । तस्विरहरु : अरुण लामा




