सर्लाही । वैदेशिक रोजगारमा पठाइदिने लाखौँ रकम ठगी गर्ने एक जना सर्लाहीबाट पक्राउ परेका छन् । जिल्लाको हरिवन नगरपालिका ११ का ४० वर्षीय मिनबहादुर कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
कार्की विरुद्व वैदेशिक रोजगार विभाग काठमाडौंमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । कार्कीले जिल्लाका विभिन्न स्थानका १३ जनालाई विभिन्न देशमा पठाइदिने भनेर ८७ लाख नगद लिएको आरोप लागेको छ ।
कार्कीलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।






