रौतहट । फर्जी नागरिकता बनाइदिएको खुलेपछि एक भारतीय पक्राउ परेका छन् । चन्द्रनिगाहपुर बजारमा फलफुल व्यापार गरेर बस्ने नैमुद्धिन नक्कली नागरिकता बनाइदिने कार्यमा संलग्न भएको खुलेपछि पक्राउ परेका हुन् ।
फलफुल र अण्डाको व्यापार गर्दै आएका उनले भारतीय मुस्लिमहरूलाई नेपाली नागरिकता बनाईदिने काम गर्दै आएको खुलेपछि सर्लाही प्रहरीको आग्रहमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले उनलाई पक्राउ गरेको हो ।
उनलाई सर्लाही प्रहरीको जिम्मा लगाएपछि नैमुद्धिनसँग नागरिकता बनाएर चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका नक्कली नागरिकता लिएका दर्जनौ भारतीयहरू भने फरार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी पक्राउ परेसँगै नक्कली नागरिकता बनाउने गिरोह नै रहेको खुलेपछि थप अनुसन्धान भइरहेको छ ।






