सर्लाही । शनिबार सार्वजनिक बिदाको दिन सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ । शनिबार बयलवास बजारमा सरकारी गाडी दुरुपयोग भएको भेटिएको छ । सागरनाथ वन विकास परियोजनाको सरकारी सवारी साधन बजारमा भेटिएको हो ।

सार्वजनिक बिदाका दिन सरकारी गाडी प्रयोगमा कानुनले रोक लगाएको छ । कार्यालय प्रयोजनमा चलाउनै पर्दा सम्बन्धित निकायबाट पास लिएर मात्र कुदाउन पाइन्छ । तर, यो नियमको पालना भएको पाइँदैन ।
नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन सवारी साधनको दुरुपयोग भएको देखिन्छ । यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ । प्राय सरकारी सवारी साधन दुरुपयोग गरेको भेटिन्छ ।





