दैलेख । दैलेखमा सर्पले डसेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको ठाटीकाँध गाउँपालिका १, नुवावनकी १८ वर्षीया कल्पना शाहीको मृत्यु भएको हो ।
आइतबार बेलुका ६ बजेतिर घरमा सुतिरहेको बेला उनलाई सर्पले डसेको थियो । घरमा आमा र उनी मात्र थिइन् । दाइ निराजन काठमाडौं छन् भने बुबा भारतमा छन् ।
झारफुक गर्दा पनि सन्चो नभएपछि अस्पताल लिँदै गर्दा उनको मृत्यु भएको हो । भावना कक्षा ९ मा पढ्थिन् । अहिले उनको शव पोस्टमार्टमका लागि दुल्लु अस्पतालमा लगिएको छ ।




