धनगढी । कैलालीमा एक पुरुषको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका १ मधुवन शिविर बस्ने ४० वर्षीय श्रीकृष्ण चौधरीको सोमबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही ठाउँमा रहेको बरदान चटिया नाला (खोला) मा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भजनीले जनाएको छ । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय भजनीबाट थप अनुसन्धान भइरहेको छ ।






