१. हामी र हामीलाई सहयोग समर्थन वा तटस्थता बस्ने देशहरू, समुहहरु बाहेक अरु सबै हाम्रा सत्रुहरु हुन् । उनीहरू यहूदीहरुका (इजरायलीहरु) मित्रहरु हुन् । सहयोगी हुन् । यही कारण हाम्रो देश संकटमा छ । त्यसैले कसैलाई दया माया गर्न सकिँदैन भन्ने आतंककारी सोच उनीहरूको दिमागमा हालिएको छ । त्यसैले हत्या गरेको हुनु सक्छ ।
२. नेपाली विद्यार्थीहरुले अंग्रजीमा आफूहरु इजरायली नभई, नेपाली भएको हुँदा, गोली नहान नहान भनेको कुरा हमासका सुटरहरुले नबुझेको हुन पनि सक्छ । भाषा नबुझेपछि, मतलब नराखी अरु देशका नागरिकलाई जस्तै हत्या गरिएको पो की ?
३. तर यदि सुटर (हत्यारा) वा सुट (हत्या) गर्न आदेश दिने कमाण्डर चाहिँ इजरायलको इतिहास एक एक गरेर सम्झीरहेको, पढा लेखा, अंग्रजी पनि जान्ने बुझ्ने स्तरको पो थियो कि ? यदि त्यसो हो भने, उसले त नेपालीहरु हुन भने पछि, झन् हत्या गर्ने आदेश दियो वा आफै हत्या गर्यो !
किनभने, नेपालमा बिपी कोइराला प्रधानमन्त्री छदा, इजरायललाई एउटा स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिने विश्वको थोरै देशहरू मध्ये पर्थ्यो । यता दक्षिण एसियाबाट समर्थन गर्ने पहिलो राष्ट्र थियो नेपाल । भारतले समेत समर्थन गरेको थिएन लाग्छ त्यो समय सम्म । यसरी नेपालको तर्फबाट सहयोगी रहेको लामो इतिहास पाइन्छ ।
जीवनभर इजरायलको बिरुद्द लडिरहेका एक थरी त्यहाँका हमासहरुले इतिहास नपढ्ने, नसम्झने वा त्यो अनुसारको प्रशिक्षण नदिने भन्ने कुरै हुँदैन । माथिका तीन कारणहरू मध्ये एउटा कारण मात्र भए पनि, उनीहरूको लागि काफी हुने अनुमान गर्न सकिन्छ ।
४. तर यहाँ स्मरण गर्नु पर्ने कुरा के छ भने, नेपाल सरकारले प्यालेस्टाइन पक्षमा पनि अन्तराष्ट्रिय फोरमहरुमा भोट हालेको छ, बोलेको छ । तर त्यो कुरा अहिलेको गणतन्त्र कालमा होइन, पहिला पहिला हो । इजरायलका १७/१८ वटा प्रस्तावहरुका बिरुद्द नेपालले भोट हालेको थियो ।
यो कुरा नेपाली विद्यार्थीहरुले बताउन सकेको भए, अवश्य पनि हत्या गर्ने थिएनन् । यो कुरा बताउनको लागि इतिहास पढ्नु वा पढाउनु पर्छ राज्यले । के नेपाल सरकारले आफ्ना देशका युवाहरुलाई इतिहास पढाएको छ स्कूल देखि कलेज स्तरमा ? उल्टो इतिहासलाई सत्तो सराप गर्न सिकाएको छ । त्यसको परिणाम नेपालि विद्यार्थीहरुले यो कुरा बताउन सकेनन् त्यहाँ ।
५. अन्त्यमा, अस्ति नेपालका प्रधान मन्त्रीले हस्ताक्षर गरेको नेपाल सरकारको विज्ञतिमा हमासलाई आतङ्ककारी भनेर भनिएको छ । हमासका सदस्यहरू खाडी मुलुकहरुमा स्वतः निकै सक्रिय छन् । त्यसैले खाडीमा काम गर्ने कोही पनि नेपाली युवाहरु, प्यालेस्टाइनीहरुको सम्पर्कमा वा संयोग बस भेट भएमा, उनीहरूसँग परिचय गर्नु खतरा हुन पनि सक्छ । परिचय गर्नु पर्ने नै भयो भने, मेरो देश इंडिया हो भन्नु ठीक हो । बिल्कुल सुरक्षित उपाय यहि हो ।
इन्डियाले अहिलेको आक्रमणको सवालमा पनि हमासका बिरुद्द अनेक शब्द प्रयोग गरेर बोलेको छैन । इजरायल सरकारलाई हामी पुरै दुखी छौं, यो दुःखमा हामी इजरायली जनता र सरकार र्संगै छौं भनेको छ । समस्या समाधानका लागि वार्ता गर्नु पर्छ भनेको छ ईजरायललाई यो अवस्थामा समेत । भारतका लागि इजरायली राजदूतले पनि ठीक यही कुरा बोलेका थिए, मोदीको वार्ता संबंधमा ।
अस्तु ।






