पोखरा । पोखरामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा जिल्ला गोरखा पालुङटार घर भएका वर्ष ३० का सुक्रराज श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा २५ फुर्केटारी चोकमा ग १६ प २९१ नम्बर र बागमती प्रदेश ०२–०१६ प ७०८४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो । मृतक श्रेष्ठले ग १६ प २९१ नम्बरको मोटरसाईकल चलाएका थिए ।
त्यस्तै, मोटरसाईकलनमा सवार दुई जना घाइते भएका छन् भने तीन जनालाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा श्रेष्ठको उपचारको क्रममा गएराति मृत्यु भएको हो । त्यस्तै, घाइते अन्य दुई जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । घटन बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






