सर्लाही । सर्लाहीको पर्सा गाउँपालिकास्थित संग्रामपुर नाकामा नेपाल भारततर्फ आउजाउ गर्नेहरुको लर्को छ । सिमा नाकाका साथै खेतको बाटो प्रयोग गरि दिनभर हजारैँ मानिसहरु निर्वाध रुपमै ओहोर दोहोर गर्ने गरेका छन् । कसैले टाउकोमा ठूलठूला पोका बोकेका छन् भने केहीले हातमा समान भरिएको झोला झुन्डाएका छन् ।
सिमा पार हुने बाटो नहुँदा बिहेवारी तथा मरन मारनको कामको समान पनि मानिसले बोकेरै सिमा वारीपारि गरिरहेका छन् । प्रहरी चौकी र बोर्डर आउट पोष्टको नजिकैको बाटो समेत प्रयोग गरि भन्सार छलीका सामानहरु चिनी, मरिच, जिरा, कपडा, चामल तथा सुर्ति जन्य पर्दाथको ओसार पसार हुने गरेको पाइएको छ । बोर्डर आउट पोष्ट संग्रामपुरको सिमाक्षेत्र ७ किलो मिटरको दुरी पर्दछ ।
सो सिमाबाट पैदल, साइकल र मोटरसाइकलबाट आवतजावत भइरहेको छ । बाहिरबाट नयाँ मानिसहरु आएको समयमा केही कडाई गरेपनि अरु समयमा खुलेआम रुपमा सामानहरु ओसार पसार गर्न दिने गरेको पाइएको छ । सुरक्षार्थ सशस्त्र प्रहरी सिमामा खटिएका भएपनि उनिहरुकै मिलेमतोमा भन्सार छलीका सामानहरु खुलेआम रुपमा आउने गरेका छन् ।
संक्रमणको बेला वारिपारि हिँड्नेको तथ्यांक समेत संग्रामपुर नाकामा राखिएको छैन । पारी दशगजामा रहेको पिलरकै छेउमा भारतिय सुरक्षाकर्मीहरु पहरा दिएर बसेका छन् । स्वास्थ्य परिक्षण बिनै निर्वाध रुपमा संग्रामपुर नाकाबाट आउजाउ भइरहेको छ । प्रदेश २ का सबै जिल्लाहरुको सिमाना खुल्ला रहेको छ । सबै निकायले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ । नत्र स्थिति भयावह हुनेछ ।
संक्रमण बढेपनि प्रदेशका ८ वटै जिल्लाका मुल नाकामा कडाइ गरिएको शसस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीका बाहिनी पति डिआइजी चन्द्र प्रकाश गौतमले बताउनु भयो । सिमामा सतर्कता नअपनाई यस्तै लापरबाही गरि रहे अवस्था भारत जस्तै भयावह हुने जनस्वास्थ्य विज्ञले चेतावनी दिँदै आएका छन् । भने सरकोकारवाला निकाय मौन बसेका छन् ।






