काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठगी धन्दा चलाउँदै आएका एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् । यस्तो अभियोगमा पक्राउ परेका व्यक्ती हुन् मोहन कोइराला ।
चितवन जिल्ला भरतपुर महानगरपालिका घर भई हाल नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने कोइरालालाई बाँके प्रहरीले ठगी गरेको अभियोगमा पक्राउ गरेको हो ।
कोइरालाले केही समयदेखि बाँके जिल्लाका विभिन्न सरकारी कार्यालय तथा संघ संस्थामा पुगेर आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी हुँ भन्दै ठग्ने आएका थिए । सोही सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।
यसअघि निजामती कर्मचारीको पोशाक लगाएर जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत बताउँदै ठगी धन्दा चलाउँदै आएका एक ठग प्रहरीको फन्दामा परेका थिए ।
निजामती कर्मचारीको पोशाक लगाएर जिल्ला प्रशासन कार्यालय जस्तो गरिमामय संस्थाको नाम र लोगो दुरुपयोग गरि ठगी गरेको भन्दै प्रहरीले बुध्दिमान परियारलाई पक्राउ गरेको थियो ।
परियारले आफूलाई जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताउँदै ठगी धन्दा चलाउँदै आएका थिए । आफूलाई सिडियो कार्यालयको प्रशासकीय अधिकृत बताउँदै ठगिरहेका गोरखाको शहीद लखन गाउँपालिका–४ का बुध्दिमान परियारलाई पक्राउ परेका थिए ।
आकाशचन्द्र परियार बताउँदै सोही नाम लेखिएको प्रशासकीय अधिकृतको रबर छाप प्रयोग गर्दै आएका उनी बस्दै आएको होटलको कोठामा खान तलासी गर्दा विभिन्न सरकारी कार्यालयका छाप, दस्तखत भएका पत्रहरू, ल्यापटप, पेनड्राइभ र ६३ हजार रुपैयाँ फेला परेको थियो ।
यस अघि यस्तै धन्दामा संग्लग्न एक ठग काठमाडौंमा पक्राउ परेका थिए । आफूलाई उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत हु्ँ भन्दै ठगी धन्दा चलाउँदै आएका कुशल भट्ट प्रहरीको फन्दामा परेका थिए ।
उनलाई प्रहरीले यस अघि यस्तै धन्दा चलाएको फेला परेपछि पक्राउ गरी ३० हजार धरौटी र एक बर्ष कैद तिराएर छोडेका थिए ।




