रौतहट । काठमाडौंबाट रौतहटको पिप्रा बजार तर्फ आउँदै गरेको बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । बसको ठक्करबाट अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
बा ६ ख १४६३ नम्बरको बडिगार्ड नामको बसले बिहान साडे पाँच बजेको समयमा बाधवनारायण नगरपालिका ६ स्थित आफ्नो घर अगाडिको आगनमा घुर तापेर बसेका ६५ वर्षिय ब्रम्हदेव दास तत्मालाई ठक्कर दिएको थियो ।
उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटले जनाएको छ । तत्मालाई ठक्कर दिएपछि बस अनियन्त्रित भएर स्थानीय फेकु दासको फुसको घर भत्काएको छ ।
ठक्करबाट घरमा सुतिरहेका ५५ वर्षका फेकु दास र उनकी श्रीमती सुमित्रा देवी घाइते भएका छन् । दुबै जना घाइतेहरुको गौर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई जिल्ला प्रहरी कार्यालय गौर रौतहटले नियन्त्रणमा लिएको छ ।




