कास्की । कास्कीको पोखरा महानगरपालिकामा भएको नगर बस दुर्घटनामा ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार ३० जना सवार बस दुर्घटना भएको हो ।
पोखराबाट पुम्दीभुम्दीतर्फ जाँदै गरेको अवस्थामा ग १ ख ८५८५ नम्बरको बस आइतबार मध्याह्न दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी शिव पाठकले बताए ।
घाइते ११ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बस घुम्तीमा अचानक ब्याक हुँदा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान छ ।






