स्याङ्जा । स्याङ्जामा एक व्यक्तिले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । जिल्लाको चापाकोट नगरपालिका ७ का ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहार गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको इलाका प्रहरी कार्यालय चापाकोटले जनाएको छ ।
श्रीमानले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई खबर गरेकी थिइन् ।
दुवै शवलाई पोष्टमार्टमका लागि चापाकोट अस्पताल ल्याउने तयारी भइरहेको र घटना बारे थप अनुसन्धान सुरु गरिएको प्रहरी जानकारी दिएको छ ।






