महोत्तरी । महोत्तरीमा हतियार देखाएर लाखौँको लुटपाट भएको छ । पाँच जनाको संख्यामा आएका अपरिचित व्यक्तिहरूले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका ८ सानो रतवारास्थित भुवनेश्वर चौधरीको घरमा लुटपाट गरेका हुन् ।
घरको पछाडिबाट भित्र प्रवेश गरी परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिँदै कुटपिट गरेको पीडित परिवारले जनाएको छ । चौधरीको घरबाट ४० तोला सुन र २ किलो चाँदीका गहनासहित नगद १ लाख लुटपाट भएको छ ।
सबैलाई एउटा कोठामा बन्द गरेर डाँकाहरूले करिब एक घन्टासम्म लुटपाट गरेका थिए । डाकाहरूको कुटपिटबाट भुवनेश्वर चौधरीको टाउकोमा चार वटा टाँका लगाइएको छ ।
यस्तै, उनकी श्रीमती र जयकिशोरको टाउकोमा पनि चार वटा टाँका लगाइएको छ । कुटपिटबाट घाइते भएका सबै प्रादेशिक अस्पताल जलेश्वरमा उपचारपछि घर फर्केका छन् ।




