सर्लाही । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका २ झिमखोलाबाट प्रहरीले अवैध लागुऔषध गाँजासहित दुई जना भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको सीतामढी पंचायत कुरहर ४ का २८ वर्षिय सन्तोष राय र अर्का भारतको सीतामढी पंचायत ननपुर ९ का ३० वर्षिय राम प्रवेश महतो रहेको प्रहरीले जनाएको छ ।
जिल्ला सदरमुकाम मलंगवाबाट त्रिभुवननगर जाँदै गरेको बि आर ०६ बिपी ८९३६ नम्बरको भारतीय मोटरसाइकल झिमखोलामा चेकजाँच गर्ने क्रममा २ किलो गाँजा सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा भेटिएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
यस घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।






