काठमाडौं । म्याग्दीमा गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । सदरमुकाम बेनीबाट नेप्टेचौरतर्फ जाँदै गरेको ध १ ज १०७० नम्बरको गाडी नेप्टेचौर नजिकै दुर्घटना हुँदा ८ जना घाइते भएको म्याग्दी प्रहरीले जनाएको छ ।
घाइते हुनेमा बेनी नगरपालिका ९ नेप्टेचौरका १७ वर्षीय विवेक चोखाल, ३३ वर्षीया अञ्जना चोखाल, ६५ वर्षीया दिवाकर सुवेदी, ४८ वर्षीया रामजी सुवेदी, ३४ वर्षीया हिरा चोखाल, ४९ वर्षीया गोमा श्रेष्ठ, गाडीका चालक ४९ वर्षीया गणेश क्षेत्री र पोखरा महानगरपालिका १६ का ३६ वर्षीया, राजु नेपाली छन् ।
उनीहरूको बेनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । रोकेर यात्रु झार्न खोज्ने क्रममा गाडी आफैँ गुड्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






