बाग्लुङ । बाग्लुङमा भुइँमा लत्रिएको बिजुलीको तार कुल्चिँदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर निसीखोला गाउँपालिका ३ ढुवाखोर काउलेका ६२ वर्षीय भाजवीर नेपालीको आज मृत्यु भएको हो ।
गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङको टोली घटनास्थलमा पुगेको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






