काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनको क्षेत्रमा अनुसन्धान वृत्तिका लागि प्रस्ताव आह्वान गरेको छ । आयोगले स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत विद्यार्थी र शोधार्थीबाट प्रस्ताव माग गरेको हो ।
आयोगको आर्थिक वर्ष ०८०/८१ मा विश्वका कुनै पनि मान्यता प्राप्त विश्वविद्यालय तथा आङ्गिक क्याम्पसमा स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहमा अध्ययनरत १/१ शोधार्थीलाई अनुसन्धान वृत्ति प्रदान गर्दै आएको छ ।
आयोगले क्रमशः रु १ लाख, १ लाख ५० हजार र २ लाख ५० हजारका दरले शोधार्थीलाई अनुसन्धान वृत्ति रकम प्रदान गर्दै आएको छ । इच्छुक सोधार्थीले सूचना प्रकाशित भएको मितिले ६० दिनभित्र आयोगको वेबसाइटमार्फत रितपूर्वक अनलाइन आवेदन दिनुपर्ने आयोगले उल्लेख गरेको छ ।






