सर्लाही । सर्लाहीमा किशोरीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । हरिवन नगरपालिका ११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् ।
कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका ११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






